राष्ट्रपतिबाट प्रदेश प्रमुखले   शपथ लिए

विशेष समाचार समाचार

काठमाडौं, १९ कार्तिक


राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् ।

राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का सोमनाथ अधिकारी, प्रदेश नं २ का तिलक परियार, प्रदेश नं ३ का विष्णु प्रसाई, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश नं का ५ धर्मनाथ यादव, कर्णाली प्रदेशका गोविन्द कलौनी र प्रदेश नं ७ का शर्मिला त्रिपाठी छन् ।
उनीहरुलाई राष्ट्रपति भण्डारीले सोमबार नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *