पछिल्लो २४ घण्टामा ३४८ संक्रमित थपिए, ४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ माघ

पछिल्लो २४ घण्टामा नेपालमा ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ ।

मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १९० जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९  पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १९६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १६१ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ जना  आइसियु रहेका छन्  । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।
प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७० आइसियु र २३ भेन्टिलेटरमा, गण्डकीमा ५३ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *