मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ६ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको  छ। मंगलबार ३४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को ओखलढुंगामा एकजना, झापामा ४, तेह्रथुममा २, पाँचथरमा एकजना, मोरङमा ४, संखुवासभामा एकजाना र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ मा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ११, चितवनमा ५, दोलखामा २,धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२ र सिन्धुपाल्चोकमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, नवलपरासीमा पूर्वमा एकजना, पर्वतमा २, म्याग्दीमा ३,  र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा एकजना, दाङमा ३, पाल्पामा ९, बर्दियामा ४, बाँकेमा ९ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको  हुम्लामा एकजनामा एकजनामा कोरोना संक्रमण देखिएको छ ।  सुदूरपश्चिम प्रदेशको  कैलालीमा एकजना, डडेल्धुरामा एकजना, डोटीमा एकजना, दार्चुलामा एकजनामा  र बझाङमा ३ जनामा  कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *