त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ६ माघ

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले आक्रमण गरेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेका हुन्।

कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा सबिन भण्डारीलाई लातीले हानेको नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा सुमन दाहालले बताए।

बिरामी बुटवलका हुन्। इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो। इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको डा दाहालले बताए।

इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो। कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा सबिन माथि आमक्रमण गरेको दाहालले बताए।

‘कोरोना पोजेटिभ आएपछि हामीले बिरामीलाई कोभिड आइसियुमा सा¥यौं। बिरामीले पिसिआर रिपोर्ट माग्दा हामीलाई टेकुबाट फोन आएको हो, त्यही बुझ्नुस भन्यौं।’ उनले भने, ‘त्यहाँ जाँदा इन्फ्लुएन्जाको रिपोर्ट मात्र हेरेछन्। अनि अस्पताल आएर बिरामीलाई कोभिडमा सारेर मार्‍यौं भन्दै आक्रमण गरे।’

चिकित्सक माथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनीहरुको माग छ। कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाटै आक्रमण हुँदा आफुहरु निरुत्साहित भएको उनले बताए। सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *