पछिल्लो २४ घण्टामा ३२२ संक्रमित थपिए, ६ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ५ माघ

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १६ हजार ७ सय ५८ पुगेको छ।

सोमबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय २१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ३ सय ७४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६१ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ५३ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *