काठमाडौं उपत्यकाको खानेपानीको स्रोत संरक्षणको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्नेमा जोड

समाचार

भक्तपुर, २७ असार २४


काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको १५७ औं बैठक मंगलबार बस्यो । सो बैठकले नेपाल सरकारलाई काठमाडौं उपत्यकाको खानेपानीको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकाको खानेपानी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने र भक्तपुरको नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिए । उनले खानेपानीमा अवरोध पुर्याउने जो कोहीलाई कडा कारबाही गर्नुपर्ने बताउँदै खानेपानी जनताको आधारभूत आवश्यकता भएको हुँदा यसको सहज र निःशुल्क वितरण गर्नुपर्ने बताए ।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक महेश भट्टराईले मेलम्ची खानेपानी आयोजनाको ढिलाइले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा परेको असरसम्बन्धी प्रस्तुतीकरण देखाए । उनले वन मन्त्रालयले केयूकेएलसँग रोयल्टी माग्नु गलत भएको बताउँदै निकुञ्जका वार्डेनले समेत खानेपानी वितरणमा मनोमानी ढंगले काम गर्ने गरेको जानकारी दिए ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले खानेपानीको राम्रो व्यवस्थापनमा जोड दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *