पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ।

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ५ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *