२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ पुस

 देशभर हाल २ सय जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७२ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ५५ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ३ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा ३ आइसियुमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *