काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २७ पुस

काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय ८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ८ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्। ९ हजार ५४ कुल संक्रमितमध्ये १ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि ९४ जना उपचाररत छन्।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ६ सय १५ पुगेको छ। १५ हजार १ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ५२ जनाको मृत्यु भएको छ। ललितपुरमा २ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *