पछिल्लो २४ घण्टामा ५२२ संक्रमित थपिए, ४५५१ हजार जनाको पिसिआर परीक्षण

शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ पुस

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ। मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ५ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *