२४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १७१४ होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

देशभर हाल २४७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।

बागमती प्रदेशमा ७४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ५२ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र १० भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १ हजार ७१४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार २२५ कुल सक्रिय संक्रमितमध्ये १ हजार ७१४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५११ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा ८५, प्रदेश २ मा ५२, बागमती प्रदेशमा ५२९, गण्डकी प्रदेशमा ३४९, लुम्बिनी प्रदेशमा ४५६, कर्णालीमा १८ र सुदूरपश्चिममा २२५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *