काठमाडौं उपत्यकामा १८५ संक्रमित थपिए 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २० पुस
पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९७ हजार ७४८ जना संक्रमित भएका छन्, जसमध्ये ४७५ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ७६१  सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ३५१ जना संक्रमित भएका छन्। जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ८८८ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ९४२ संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७०१ जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार ५१५ ललितपुरमा ३१६ र भक्तपुरमा १३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *