२४३ संक्रमित आइसियु र भेन्टिलेटरमा, १७७४ जना होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २० पुस

देशभर हाल २ सय ४३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ९ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।

बागमती प्रदेशमा ६८ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ आइसियु र १० भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १ हजार ७ सय ७४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार २ सय ८९ कुल सक्रिय संक्रमितमध्ये १ हजार ७ सय ७४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा ७८, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ६ सय ४, गण्डकी प्रदेशमा २ सय ८८, लुम्बिनी प्रदेशमा ४ सय ६०, कर्णालीमा २७ र सुदूरपश्चिममा २ सय ६४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *