२६९ आइसियु र भेन्टिलेटरमा, २८९० संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १७ पुस

देशभर हाल २ सय ६९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १३ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा रहेको छ।

बागमती प्रदेशमा ९० आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ६० आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल २ हजार ८ सय ९० कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४८ कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ९० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार १ सय ५८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रदेश १ मा १ सय ४६, प्रदेश २ मा ३४, बागमति प्रदेशमा १ हजार ३ सय ७६, गण्डकी प्रदेशमा ३ सय २८, लुम्बिनी प्रदेशमा ५ सय ७३, कर्णालीमा ६३ र सुदूरपश्चिममा ३ सय ७० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *