काठमाडौं उपत्यकामा १६७ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १७ पुस

काठमाडौं उपत्यकामा एकैदिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय २६ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ सय ३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ३ सय २४ पुगेको छ। जसमध्ये ९४ हजार १२ जना उपचारपछि निको भएका छन् भने ४ सय ७३ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ८ सय ३९ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ९ सय २ जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ९ सय २ कुल संक्रमितमध्ये १ सय ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा अझै पनि १ सय ७१ जना उपचाररत छन्।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार २ सय ७९ पुगेको छ। १४ हजार ७ सय ८५ जना डिस्र्चाज हुँदा १ सय ४६ जनाको मृत्यु भएको छ। ललितपुरमा ३ सय ४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *