भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १९ कात्तिक

भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त

जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले शनिबार एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ :
२०८० कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । सो भूकम्पमा परेर हालसम्म १३६ जनाको मृत्यु र १६१ जना घाइते भए भने भूकम्पमा दैलेख, जुम्ला र रोल्पाका ७ जना घाइते भए ।

नेपाल मजदुर किसान पार्टी भूकम्पमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपदको यो घडीमा एक आपसमा सहयोग गर्न सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा हामी अनुरोध गर्दछौँ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा तत्काल प्रभावकारी उद्धार, राहत, घाइतेको उपचार एवम् पीडितको पुनःस्थापना गर्ने काम अगाडि बढाउन हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *