७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ असाेज

पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ५५ हजार  ३ सय ७१ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १० लाख ९ हजार २ सय ९८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना  रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –५०७०
प्रदेश २– १३५६३
बाग्मती प्रदेशमा –१५३११
गण्डकी प्रदेशमा –३२९३
प्रदेश ५मा –८५७१
कर्णाली प्रदेशमा –२८६५
सुदूरपश्चिम प्रदेशमा ६६९८

Leave a Reply

Your email address will not be published. Required fields are marked *