टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प

अर्थ/वाणिज्य समाचार

काठमाडौं, २१ मंसिर


नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.व.राले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेको थियो ।
उक्त उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया तथा सहभागीहरुलाई सम्बोधन बधाई तथा शुभकामना दिएको छ ।


समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरेको छ । साथै यसको श्रय सबै ग्राहक महानुभावहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यवाद दिएको छ । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु वीचको सम्बन्ध पनि प्रगाढ हुने बताएको छ ।


गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छूट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।
सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले यसै अवसर पारेर टाटा मोटर्सको टाटा विङ्गगर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरुले सहभागिता जनाएका छन् ।
विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ । आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *