पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई  कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ।

काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा  १ हजार ९२५ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १५७३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ७३ हजार ३९४ पुगेको छ। २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९  जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *