आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, ३ वटै सर्भरमा समस्या

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १४ फागुन

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, ३ वटै सर्भरमा समस्या

सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन् । यसका साथै ‘मेरो सेयर’ पोर्टल नचल्दा सेयर बिक्री गरेका लगानीकर्ताहरु सेयर हस्तान्तरण (ईडीआईएस) असमर्थन भएकाले क्लोजआउटमा पर्ने भएका छन् ।
बिक्री प्रबन्धक र कम्पनी दुबैका साइट खुलेका छैनन् भने उता मेरो शेयरले पनि दुख दिँदै आएको छ । मेरो शेयर झल्याक झुलुक मात्रै खुलेपछि सर्वसाधारण हैरानीमा परेका छन् ।
कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गर्न छाडेका हुन्। सीमित भिजिटर आउने अनुमानका साथ डिजाइन गरिएका वेबसाइटमा एकै पटक १० औँ लाख मानिस ओइरिएपछि साइटले भार थाम्न सकिरहेका छैनन् ।
लगानीकर्ताको गोपनीयताको आधारमा भन्दै सिडिएससिले यस अघि सित्तैमा नतिजा प्रकाशित गर्दै आएका सञ्चार माध्यमलाई नतिजा प्रकाशन गर्न रोक लगाएको छ। सञ्चार माध्यमले नतिजा प्रकाशन नगरेका कारण ती वेबसाइटहरूमा अधिक भार परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *