७५ जना भेन्टिलेटरमा र ३१८ जना कोरोना संक्रमित आइसियुमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसियु र ५७ जना भेन्टिलेटर, प्रदेश ५ मा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा २० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै  गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *