मंगलबार ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ असाेज

पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ४८ हजार ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ हजार ९ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  १ सय ४२ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४३९७
प्रदेश २– १२४७६
बाग्मती प्रदेशमा –११८५४
गण्डकी प्रदेशमा –२८१९
प्रदेश ५मा –७४७७
कर्णाली प्रदेशमा –२७४९
सुदूरपश्चिम प्रदेशमा ६२५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *