का. रोहितसित बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको भेट

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ५ साउन


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज भेट गरे ।
भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेपाल मजदुर किसान पार्टीले निरन्तर जोड दिँदै आएको बताउदै प्रदेश आफ्नो क्षेत्रको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नुपर्छ भने ।
प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्नेमा जोड दिन्दै अध्यक्ष बिजुक्छेँले स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्छ भने ।


भ्रष्टाचार रोक्न सके धेरै काम हुने बताउँदै उनले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक राम्रो काम भएमा जनताले सुख पाउँछन् भने ।
मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिबारे अध्ययन अवलोकन गर्न पाउँदा खुशी लागेको बताउदै उनले प्रदेशअन्तर्गतका अस्पतालहरुमा ध्यान गए पनि ख्वप अस्पतालमा आफूहरुको ध्यान नपुगेको हो भनी स्वीकार गरे । उनले स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने पनि बचन दिए ।
उनीहरुबीच देशको परिवर्तित राजनीतिको विषयमा पनि छलफल भएको थियो ।
भेटमा प्रदेशका सांसदहरु सुरेन्द्रराज गोसाइँ, सृजना सैंजु र एमाले प्रदेशसभा सदस्य दिपक निरौला, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीको पनि उपस्थिति थियो ।
भेटअघि मुख्यमन्त्री पौडेलले भक्तपुर नपा, ख्वप कलेज, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिं कलेजको अध्ययनभ्रमण गरेको थियो । सो अवसरमा उनले विभिन्न पक्षबारे जानकारी लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *