चितवनमा सवारीसाधनबाट ३ करोड बढी राजश्व संकलन

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट संवाददाता

चितवन,  १८ साउन

चितवनमा एकबर्षको अवधिमा ३३ हजार ७३८ सवारीसाधन कारवाहीमा परेका छन । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक बर्ष ०७८, ०७९ मा ती सवारीसाधन वापत जरीवानाबाट ३ करोड ८ लाख ५४ हजार पांँचसय राजश्व संकलन भएको छ । कार्यालयले सडकमा गुड्ने ट्रक ट्रिपर, बस, माईक्रोबस, जीप कार, ट्याक्टर,मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने ट्राफिक कारवाहीबाट जरिवाना असुल्दै आएको छ ।
जिल्लाका सडकमा चल्ने सबै सवारी साधनमध्ये सबैभन्दा बढी ट्राफिक कारवाहीमा मोटरसाइकल परेका छन र यसबाटनै बढी राजश्व संकलन भएको छ । एक बर्षमा कार्यालयले ९ हजार २५१ वटा मोटरसाइकलबाट ७८ लाख ५४ हजार पांंचसय रुपैयांँ राजश्व संकलन गरेको छ भने १ हजार ५७२ वटा ट्याक्टर कारवाहीबाट १५ लाख ६८ हजार पांँचसय संकलन गरेको छ ।
यसैगरी ६ हजार २३८ वटा ट्रक/टिपर कारवाहीबाट ६८ लाख २४ हजार रुपैंया , ७ हजार ७२२ वटा जीप/ कार कारवाहीबाट ७० लाख ९४ हजार पांँचसय,४ हजार ५७ वटा बस/माइक्रो कारवाहीबाट ३७ लाख ८५ हजार र ४हजार ८८८ वटा टेम्पो र अन्य सवारीसाधन कारवाहीबाट ३७ लाख २८ हजार रुपैंया संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुखले सवारीसाधनको संख्या बढेसंँगै ट्राफिक उल्लंघन हुने बताए । उनका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुईचक्के सवारीसाधनको संख्या बढी भएको र उल्लंघनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारवाही संख्या संँगै राजश्व पनि बढेको हो । ट्रयाक्टरको संख्या कम रहेको र बिशेषगरी ग्रामीण इलाकामा कृषिकर्म र ढुवानीमा प्रयोग हुने भएकोले कारवाहीसंँगै राजश्व कम भएको उनको भनाई छ । ‘कतिपय जरिवाना गल्ती र सवारीसाधनको प्रकृति अनुसार पनि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *