बिपी प्रतिष्ठानका पूर्व उपकुलपति डा दासविरुद्ध ७ कारेड ७१ लाख भ्रष्टाचार मुद्दा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० भदाै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्र प्रसाद दास विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी सम्पति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मंगलबार आरोप पत्र  दायरा गरेको हो।

आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरिएको छ।

आयोगले डा दास सार्वजनिक पदमा प्रवेश गरेको जुनियर रजिष्टर्ड देखि उपकूलपति र त्यसपछि प्रतिष्ठानमा प्राध्यापक पदमा रहेको अवधि २०५० देखि २०७६ सम्म उक्त रकम अवैध रुपमा आर्जन गरेको जनाएको छ।

‘तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय रू. ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा निजले रू. १५,३२,०३,३५०।०४ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू. ७,७१,९२,८६०।२४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको’ अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले डा दासकोे खर्च तथा लगानी, पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएको पनि उल्लेख गरेको छ।

आयोगले दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पुनम दासको नाममा समेत राखेको जनाएको छ। आरोपपत्रमा दासकी श्रीमतिलाई समेत प्रतिवादी बनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *