नेपाल प्रवेश गर्ने १३ नाकामा हेल्थ डेस्क, फाजिलमा रहेका यी ४८ कर्मचारीलाई खटाइँदै (को कहाँ)

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ५ मंसिर

स्वास्थ्य सेवा विभागले नेपाल प्रवेश गर्ने मुख्य नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरी १३ स्थानमा हेल्थ डेस्क सञ्चालन गर्न कर्मचारी खटाउने भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी आएपछि सबै नाकामा हेल्थ डेस्क राख्ने योजना बनाएको थियो।

विमानस्थलबाहेक झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्कमा कर्मचारी खटाउनका लागेको हो।

विभागले कर्मचारी समायोजनका क्रममा कुनै पनि जिम्मेवारी नपाएर फाजिलमा रहेका ४८ जनालाई हेल्थ डेस्कमा खटाउने निर्णय गरेको छ।

स्वास्थ्य विभागले महामारी तथा प्रकोपजन्य रोगहरु पहिचान र निराकरण गर्नका लागि पुस १५ गते भित्र हेल्थ डेस्क सञ्चालनमा ल्याउने र त्यहाँ खटाइने कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन बिहीबार सूचना जारी गरेको छ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले मंसिर २२ गते सचिवस्तरीय निर्णय गर्दै  ४८ जना कर्मचारीलाई खटाउन विभागलाई पत्र पठाएको थियो।

यी हुन् हेल्थ डेस्कमा खटिने कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *