वडा कार्यालयमा आगजनी हुदाँ ७ लाखको क्षती

अर्थ/वाणिज्य समाचार

सल्यान ३, असार


सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा अज्ञात समुहको आगजनीबाट करिब ७ लाख रुपैँया बराबरको क्षती भएको छ । सोमबार राती करिब २ बजे मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।
आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सबै सामग्री जलेर नष्ट भएको छ । करिब ७ लाख रुपैँया बराबरको आगजनीबाट क्षती भएको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । उनले आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, ल्यापटप, सोलार प्यानल, दराज, कुर्सीलगायतका सामग्रीहरु जलेर नष्ट भएको बताए ।
राति आगलागी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । घटना स्थल वरपर शंकास्पद पर्चा, पम्प्लेट लगाएतका सामाग्री केही नभेटिएको बताउदैँ उनले घटनाका बिषयमा आबश्यक अनुसन्धान भैरहेको जानकारी दिए ।
वडा अध्यक्ष राजबहादुर बुढाथोकीले कार्यालयका कागजपत्र, ल्यापटप, कम्प्युटर, लगायत सबै सामग्री जलेपछि वडा कार्यालयको कामकाज गर्न समस्या भएको बताए । उनले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *