वि.सं.२०७७ भदाै ३० गते मंगलबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ३० भदाै

वि.सं.२०७७ साल भाद्र ३० गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–त्रयोदशी,३७ घडी १० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अश्लेषा,१७ घडी ४४ पला,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त मघा । योग–शिव,११ घडी ४२ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त सिद्ध । करण–गर,बिहान ०९ बजेर २४ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०६ मिनेट । दिनमान ३० घडी ४३ पला । त्रयोदशी श्राद्ध । कलियूगादि ।

मेष  : चू,चे,चो,ला,लि,लू,ले,लो,अ

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ ।

बृष :  ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

मिथुन :  का,की,कू,घ,ङ,छ,के,को,हा

हिम्मतका साथ काम गर्नाले सत्रु तथा प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउन सकिनेछ । सञ्चार तथा मिडिया जस्ता क्षेत्रमा गरिने लगानि फस्टाएर जानेछ भने नया प्रबिधिको प्रयोग मार्फत आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँग बिवाद बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला ।

कर्कट :  ही,हू,हे,हो,डा,डी,डु,डे,डो

बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ

सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे

नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

कन्या : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।

बृश्चिक :  तो,ना,नी,नू,ने,नो,या,यी,यू

बिहानको समय मध्ययम रहेकोले सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । मध्यान्हबाट धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ ।

धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मकर : भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *