२२७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १६०८ होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २२ पुस

देशभर हाल २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९७ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ५ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ७१ आइसियु र १७ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस्तै, देशभर हाल १ हजार ६ सय ८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ५ हजार १ सय ३३ कुल सक्रिय संक्रमितमध्ये १ हजार ६ सय ८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय २५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४ सय ६२, गण्डकी प्रदेशमा ३ सय ९, लुम्बिनी प्रदेशमा ४ सय १३, कर्णालीमा १५ र सुदूरपश्चिममा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *