काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा  २९ र भक्तपुरमा ४३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९०  र भक्तपुरमा  १ हजार ३१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। २४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ३९ हजार ५ सय ७६ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *