भक्तपुरमा ८२ जनामा संक्रमण, मध्यपुरमा सबैभन्दा बढी संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २८ भदाै

भक्तपुर जिल्लामा आइतबार हालसम्मकै सबभन्दा बढी नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले दिएको जानकारीअनुसार मध्यपुर थिमि नपामा पुरुष ३९ र महिला ७ जना गरी ४६ जनामा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भक्तपुर नगरपालिकामा ९ जना पुरुष र ८ जना महिला, सुर्यबिनायक नपामा १० जना पुरुष र ५ जना महिलामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
चाँगुनारायण नपामा २ पुरुष र १ महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै भक्तपुर जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामध्ये ४ सय जनालाई निको भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *