संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा तीन दिन मनाउने 

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २६ भदाै

संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा तीन दिन मनाउने

कोरोना कहरकाबीच सरकारले यस वर्षको संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा मनाउने भएको छ । असोज २ देखि ४ गतेसम्म संविधान दिवस तीन दिन राष्ट्रिय महोत्सवका रुपमा मनाउने निर्णय भएको मुद्रण विभागले जनाएको छ।

दिवसका अवसरमा सहरका विभिन्न क्षेत्रमा शुभकामना डिस्प्ले राखिने विभागले जनाएको छ। यस्तै एसएमएसमार्फत् ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन पठाउने बताइएको छ।

सरकारी सञ्चारमाध्यमबाट संविधानमा केन्द्रित रहेर परिसंवाद गरिने भएको छ। राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने विभागले जनाएको छ।

संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई विभिन्न सेवामा छुट प्याकेज सेवा प्रदायकहरुले प्रदान गर्ने विभागले जनाएको छ  । असोजको २ देखि ४ सम्म दीप प्रज्वलन गर्ने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *