पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ५ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ माघ

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ पुगेको छ।

शुक्रबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ३ सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल २ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६५ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ६० आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३७ आइसियु र ७ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्।  सूदुरपश्चिम प्रदेशमा १ आइसियुमा र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *