बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट
काठमाडौं, २४ भदौ

काठमाडौं । पछिल्लो समय घटबढ भईरहेको सुनको मूल्य बुधबार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार बढ्दै ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि ५ रुपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी बुधबार ५ रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *