थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको  संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ११ जना संक्रमितको मृत्यु भएको थियो।

७ सय ४२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *