ट्राफिक प्रहरी जवानलाई कुटपिट गरेकाे अभियाेगमा समातेका ७ जना छुटे, १३ जना बाँकी

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २२ भदाै

निषेधाज्ञाको बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेकाे अभियाेगमा समातेका ७ जना छुटेका छन् ।

६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जवानीमा छोडिएको जानकारी दिए । अपराध महाशाखाले पक्राउ गरी परिसरमा बुझाएपछि उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।

उक्त घटनामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । १३ जनालाई भने प्रहरीले छोडेको छैन । उनीहरु मध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *