कुखुरापालनमा अग्रसर हुँदै भक्तपुर

अर्थ/वाणिज्य समाचार

श्रीती खड्का
भक्तपुर, १० साउन


भक्तपुर जिल्लामा केही समययता कुखुरापालन प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । स्वरोजगारतर्पm युवा मोह तथा कच्चा पदार्थको सहज उपब्धताको कारण पनि उक्त व्यवसायमा टेवा पुग्नु स्वभाविक हुन जान्छ ।
समग्र देशको अवस्थालाई हेर्ने हो भने पनि चितवन पछि सबैभन्दा बढी कुखुरापालन हुने जिल्ला भक्तपुर नै हो । थोरै लगानी तथा छोटो समयमा नै राम्रो प्रतिफल दिने भएकाले पनि यस व्यवसाय प्रति किसानहरुको मोह बढ्दै गएको हो । यस क्षेत्रमा आधुनिकता तथा बिभिन्न प्रजातिका कुखुराका चल्ला उत्पादन एवम् दानाको सहज उपलब्धतामा बृद्धि हँुदै गइरहेको छ । एक तथ्यांक अनुसार हाल भक्तपुरमा बर्षेनी ९ लाख ४० हजारको संख्यामा कुखुरा उत्पादन हुने गरेको छ । पछिल्ला ५ बर्षमा कुखुरापालन व्यवसायीको संख्या दोब्बर बृद्धि भएको छ भने सम्बन्धित बिज्ञहरुको संख्या पनि पहिले भन्दा निकै बढेको छ ।
देश अहिले कुखुराको मासु तथा अण्डामा पूर्ण रूपमा आत्मनिर्भर भइसकेको अवस्थामा यस व्यवसाय प्रति किसानहरु आकर्षित हुनुले कुखुरापालनबाट देशको कुल निर्यातमा बृद्धि गर्न सकिने सम्भाव्यतालाई दर्शाउँछ । कृषि क्षेत्रमा सरकारी अनुदान तथा प्राबिधिक कार्यमा निजी क्षेत्रको संलग्नताले यस व्यवसाय सञ्चालनमा अझ बढी टेवा पुगेको छ । यसै हिसाबले बृद्धि हुँदै जाने हो भने यस व्यवसायले समग्र जिल्लाको आर्थिक उन्नति हुने कुरा नकार्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *