साम्राज्यवादविरोधी सङ्घर्षलाई सधैं समर्थन

विचार विशेष समाचार समाचार

नारायणमान बिजुक्छें (रोहित)
भाषा एकले अर्को व्यक्तिसँग भएको भौतिक वस्तु वा ज्ञान प्राप्त गर्ने माध्यम हो । भाषासँग सदाचारसमेत जोडिएको हुन्छ । अरूको ज्ञानको भण्डारलाई लिने साँचो नै भाषा हो । भाषा पढाउन पोख्त शिक्षकबाट हाम्रा नयाँ पुस्ताले राम्रो भाषा सिक्नेछ ।
हाम्रा हजारौं हजार नेपाली युवाहरू दक्षिण कोरियामा काम गर्न गएका छन् तर तिनीहरूबाट कुनै एक कोरियाली साहित्य नेपालीमा अनुवाद भएको थाहा छैन । यो एक सांस्कृतिक समस्या हो ।
हाम्रा विश्वविद्यालयका प्रमाणपत्रधारी कति युवकहरू पुस्तक पसलमा जानुभन्दा रेष्टुराँमा जान मन पराउँछन् । नेपालमा पुस्तकालयमा जाने युवाहरूको सङ्ख्याको कमीबारे बारम्बार समाचारहरूमा पढ्छौं ।
प्रजग कोरियाको राष्ट्रिय पुस्तकालय (ग्राण्ड पिपुल्स हाउस) जाँदा माक्र्स, एंगेल्स, लेनिन र स्तालिनको मात्रै होइन अन्य अन्तर्राष्ट्रिय नेताहरूका रचना जस्तै विभिन्न भाषाका लेखकहरूका चर्चित पुस्तकहरू कोरियाली भाषामा देखें । यस दृष्टिले नेपाली भाषामा विदेशी साहित्यको अनुवादको खाँचो छ ।
जुच्छे विचारधाराबारे अनुवादहरू भइसकेका छन् । जनतामा आधारित सिद्धान्तले जनताकै सेवा गर्ने विचार नै जुच्छे विचारधारा हो । त्यो आफ्नो खुट्टामा उभिने विचारधारा हो ।
केही दिनअघि बिमस्टेक सम्मेलनको बारेमा तयारी बैठक भएको थियो । बिमस्टेक सम्मेलनको लागि आवश्यक हाम्रो राष्ट्रिय झण्डासमेत विदेशमा बनाउनुपर्ने प्रस्ताव गरियो । यस्तो दुर्भाग्यको कुरा अरु के हुनसक्छ ? प्रजग कोरियाबाट नेपालीहरूले आफ्नो लागि आफ्नै खुट्टामा उभिने कुरा सिक्नुपर्छ । एउटा ठूलो देशको अघि सानो देशले कसरी काम गर्नुपर्छ भन्ने कुरा हामीले त्यस मित्र देशबाट सिक्न जरुरी छ ।
राष्ट्रपति किम इल सङले कोरियाको सन्दर्भमा माक्र्सवाद लेनिनवाद लागू गर्नुभयो । हाम्रो देशको परिस्थिति र अरु देशको परिस्थिति फरक हुनु स्वाभाविक हो । हामी जसरी भारतीय एकाधिकार पुँजीविरुद्ध लडिरहेका छौं त्यसरी नै अरु देशको सन्दर्भमा त्यसो नहोला । मैले खाएकै औषधि अरु साथीलाई नमिल्न सक्छ, त्यसरी नै फरक फरक परिस्थितिमा फरक फरक सिद्धान्तको प्रतिपादन हुन्छ । सिद्धान्तको फोटोकपी हुनसक्दैन ।
प्रजग कोरियाको जुच्छे विचारधारा भनेको त्यहाँका जनताको इच्छा आकाङ्क्षा पूरा गर्ने उद्देश्यको उत्पादन हो । कोरियामा उद्देश्य नभएको मानिस नै हुँदैन । प्रजग कोरियामा समाजवादलाई बलियो बनाउनु नै उनीहरूको उद्देश्य हो । हामी एउटा घर होस् भन्ने चाहना राख्छौं । त्यहाँ त सरकारले नै घरको बन्दोबस्त गरेको हुन्छ । छोराछोरीलाई सरकार आफैंले पढाउने बन्दोबस्त छ । १२ कक्षासम्म अनिवार्य शिक्षा छ । त्योभन्दा माथिको शिक्षा पनि आ–आफ्नो इच्छाअनुसार निःशुल्क पढ्न पाउने व्यवस्था छ । त्यहाँ आर्थिक असमानता छैन । प्रजग कोरियामा पार्टी, सेना र जनता सबैले एकै प्रकारले सोच्ने भएकाले त्यो शक्तिशाली देश बनेको हो ।
क्युवासँग पनि संरा अमेरिकाले कूटनीतिक सम्बन्ध जोड्यो । तर फेरि पनि क्युवामा संरा अमेरिकी नाकाबन्दी चालू छ । क्युवाको ग्वान्टानामो टापू छोडेको छैन । त्यसकारण आज पनि प्रजग कोरियाली जनता चौबीसै घण्टा सजगताका साथ बसेका छन् । ५०–६० वर्षको लडाइँको अवस्थाले प्रजग कोरियाली जनता त्यसको लागि तयारी अवस्थामा छन् ।
प्रजग कोरिया राजनीतिक र सैनिक रुपमा बलियो तर आर्थिक रुपमा बलियो छैन भन्ने कुरा हामीले सुन्यौ तर प्रजग कोरिया एक अर्थमा आर्थिक रुपमा दक्षिण कोरिया र भियतनामभन्दा धेरै बलियो छ । पन्ध्र वर्षभित्र प्रजग कोरियाले मुख्य मुख्य उद्योगधन्धाको विकास ग¥यो । बाटोघाटो बनाउने डोजरजस्ता मेसिनहरू सबै प्रजग कोरिया आफैंले बनायो ।
हाम्रो देशमा राणाशासन समाप्त भएको ७० वर्ष भयो । के परिवर्तन भयो ? गाडी बन्छ, बन्दैन । ट्रक बन्छ, बन्दैन । सियो बन्छ, बन्दैन । साइकल बन्छ, बन्दैन । अनि के बन्यो ? केही पनि बन्दैन । मित्र देशहरूले बनाइदिएको कलकारखानासमेत विदेशलाई बेचियो ।
प्रजग कोरिया भौगोलिक र जनसङ्ख्याको हिसाबमा सानो देश हो । तर किन उनीहरूले यो उपलब्धि हासिल गर्न सम्भव भयो त ? कोरियाली जनताको ध्यान नै देशलाई अघि बढाउने भयो ।
सबैभन्दा पहिले उनीहरूले स्पातको विकासमा ध्यान दिए । स्पात भनेको उद्योगको आधार हो । यसको लागि आजसम्म देशको शासन चलाएका राजनीतिक पार्टीहरू नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्र कोही पनि जिम्मेवारीबाट भाग्न सक्दैनन् । व्यवहारले त्यही देखाउँछ ।
त्यहाँको अवस्थासँग हामीले हाम्रो देशसँग तुलना गर्नुपर्दछ । हाम्रो देशमा पनि त्यसरी उद्योगको विकास गर्नसके जनताले रोजगार पनि पाउने थिए । विदेशीलाई नाफा खुवाउनु पर्दैनथ्यो । सामान सस्तोमा पाइने थियो । प्रजग कोरियाबारे हामीले सिक्ने कुरा यिनै हुन् ।
दक्षिण कोरियाको विकास विदेशी पुँजीको आधारमा भएको हो । विदेशी पुँजी त कुनै पनि बेला फर्कन सक्छ । हाम्रो बजारमा विदेशीहरूले राम्रा राम्रा पसल खोल्दा एकदम राम्रो भयो भन्नुजस्तै हो । त्यो विदेशी पैसा हो । नाफा हुञ्जेल बस्ने हो, नभएपछि जाने हो । कुनै पनि देशको विकासमा कुन कुन विदेशी पुँजी हो र कुन कुन पुँजी आफ्नै हो भन्ने कुरा मनन गर्दै अन्य देशसँग तुलना गर्नु आवश्यक छ ।
सन् १९५०–५३ को कोरिया युद्धमा प्रजग कोरियालाई चीनले समर्थन नगर्दा त्यो युद्ध उनीहरूको देशमा समेत फैलिन सक्ने अवस्था थियो । त्यसकारण त्यत्तिबेला ती देशबाट पनि सहयोग हुनु स्वाभाविक थियो । साम्राज्यवादविरोधी सङ्घर्षमा हामी सधैं समर्थन गर्छौं । हामीले अरुको सड्ढटको समयमा सहयोग गरे भोलि हामीलाई पनि समस्या पर्दा मित्रहरू समर्थन गर्न अग्रसर हुनुहुनेछ ।
(कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा मङ्गलबार आयोजित ‘साम्राज्यवादविरोधी सङ्घर्षमा प्रजग कोरिया’ विषयक विचार गोष्ठीमा व्यक्त विचारको सारसङ्क्षेप–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *