मल नल्याउने दुबै कम्पनीसँगको ठेक्का सम्झौता रद्ध, धरौटी जफत हुने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

तोकिएको समयमा रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली ठेकेदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ ।

नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत रहेका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्ध भएको हो ।

उनीहरुको धरौटी जफत गर्ने निर्णय गरेको कृषि मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

‘तत्कालका लागि सम्झौता रद्ध गरिएको छ, धरौटी जफत प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री भुसालले भने । दुवै कम्पनीलाई थप कानूनी कारबाहीको लागि पनि कम्पनीले तयारी गरिरहेको उनको भनाइ थियो ।

कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने छ ।

फरक फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।

दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *