११ महिनामा ५३ हजारमा डेंगु, ६२ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १६ मंसिर

सेप्टेम्बरमा सबैभन्दा धेरै संक्रमित, २ महिना यता घट्दै

नेपालमा डेंगुको कारण ६२ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६२ जनाको मृत्यु भएको जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गत जनवारी १ देखि नोभेम्वर ३० सम्ममा ५३ हजार ९५१ जनामा डेंगु संक्रमण भएको छ।

महाशाखाको तथ्यांकले सबैभन्दा बढी बागमतीप्रदेशमा डेंगु संक्रमण भएको देखिन्छ।  बागमती प्रदेशमा मात्र४१ हजार ९४७ जनामा डेंगु पुष्टि भएको थियो। यस्तै लुम्बिनीप्रदेशमा ४ हजार ९७५, प्रदेश १ मा २ हजार १९८, गण्डकी प्रदेशमा १ हजार ८८३, सूदुरपश्चिम प्रदेशमा १ हजार २८७, मधेश प्रदेशमा ९८४ र कर्णाली प्रदेशमा ६७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
dengu report1669899753.pngमहाशाखाको तथ्यांकलाई हेर्दा सेप्टेम्बरमा डेंगुको संक्रमण उच्च विन्दुमा पुगेर हाल संक्रमितको संख्या  घटिरहेको छ। महाशाखाको तथ्यांक अनुसार जनावरीमा १८ जनामा देखिएको डेंगु फेब्रुअरीमा ३ जनामा मात्र देखिएको थियो। यस्तै मार्चमा १५ जनामा देखिएको डेंगु विस्तारै बढ्दै गएको थियो।

अप्रिलमा १८, मेमा २५, जुनमा ९३ जनामा डेंगु देखिएको थियो। जुलाईमा ७२० जनामा डेंगु देखिएको थियो भने अगस्टमा ३ हजार ७०८ जनामा डेंगु देखिएको थियो। ७७ जिल्लामै फैलिएको डेंगु सेप्टेम्बरमा मात्र २७ हजार ५२९ जनामा डेंगु पुष्टि भइसकेको थियो। सेप्टेम्बरमा डेंगुको प्रकोप उच्च विन्दुमा पुगेर अक्टोबरमा केही घटेको देखिन्छ। अक्टोबरमा १७ हजार ८८९ जनामा डेंगु देखिएको थियो। नोभेम्बरमा पनि डेंगु संक्रमण घट्दै गएको देखिन्छ। नोभेम्बरमा ३ हजार ९४० जनामा डेंगु पुष्टि भएको छ।

डेंगु के हो?
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो मानिसबाट मानिसमा भने सर्दैन। तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्छ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। सहरी क्षेत्रका सवारी साधनका फालिएका टायरमा, टिनका बट्टाहरु, गमला, खाली ड्रम, पानी ट्यांकी, तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ।
लक्षण
–    उच्च ज्वरो
–    जीउ दुख्ने
–    आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
–    जोर्नी दुख्ने
–    शरीरमा विमिरा आउने
–    वाकवाकी लाग्ने
–    पेट दुख्ने
–    नाक वा गिजाबाट रगत बग्ने
–     रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
–     बेहोस हुने आदि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *