११३ वटा स्वास्थ्यचौकी बनाउन १ अर्ब १३ करोड रूपैयाँ निकासा

अर्थ/वाणिज्य विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, १९ फागुन

स्थानीय तहका वडाहरूमा निर्माणाधीन २ हजार ६ सय २६ स्वास्थ्यचौकी मध्ये ११३ वटा अघि बढाउन अर्थ मन्त्रालयले १ अर्ब १३ करोड रूपैयाँ निकासा दिएको छ। चालु आर्थिक वर्षको बजेट तथा रातो किताबमा समावेश भएका ती आयोजनामध्ये दायित्व सिर्जना भइ माग भएअनुसार ११३ स्वास्थ्यचौकीलाई रकम दिइएको हो। स्वास्थ्य मन्त्रालयको मागअनुसार अर्थले निकासा दिएको छ। स्वास्थ्य संस्थाहरुको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ निकासा भइसकेको जानकारी दिए। अर्थले गत मंसिरमा २०६ वटा स्वास्थ्यचौकीका लागि र पुसमा ८७ वटा स्वास्थ्य चौकीका लागि रकम दिएको थियो। अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो। यहीअनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो। एसियाली विकास बैंकबाट ऋण लिएर स्वास्थ्य चौकी निर्माण अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *