उपत्यकामा १ हजार ९३४ जना नयाँ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४  जनालाई  कोरोना संक्रमण देखिएको छ।

देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

२४ घण्टामा ३ हजार ५६४  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *