काठमाडौं उपत्यका भित्रमात्रै ६१५ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ पुस
पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका भित्रमात्रै  ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको बताइन्।  कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ।

मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरिन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण भएको थियो। जसमा ११६७ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *