भक्तपुर,९ पुस
यशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।यशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु यशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् ।हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसकोे अवसरमा सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट यशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले बताएका छन्।क्रिसमसको अवसरमा नेपालका पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा रौनक बढेको छ ।त्यस्तै क्रिस्मसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्।