७ हजार २ सय ८० जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १६ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ४ हजार ९१ जना होम आइसोलेसनमा छन्। त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार १ […]

Continue Reading

२४ घन्टायता ७६७ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १६ भदाै पछिल्लो २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा २२ हजार १ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा […]

Continue Reading

काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १६ भदाै काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०  संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको मन्त्रालयले […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, आज थपिए १०६९ संक्रमित

न्यूज अपडेट काठमाडाैं, १६ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५२९ जना पुगेको छ। मंगलबार […]

Continue Reading

वागीश्वरीमा कक्षा १२ सञ्चालनार्थ शिक्षकहरूकाे अनलाइन बैठक सम्पन्न

न्यूज अपडेट भक्तपुर, १६ भदौ भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी माध्यमिक विद्यालयमा कक्षा १२ सञ्चालनार्थ शिक्षकहरुको साेमबार अनलाइन जुमबाट बैठक भएको छ । वैठकमा कक्षा ११ को भर्ना र प्रवेश परीक्षाबारे पनि जानकारी दिएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले अबको अनलाइन कक्षा पहिलाको जस्तो मात्र कक्षा लिएर जाने नभइ विद्यार्थीसँगै अभिभावकले […]

Continue Reading

चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

न्यूज अपडेट चितवन, १६ भदाै चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का […]

Continue Reading

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १६ भदाै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ […]

Continue Reading

प्रणव मुखर्जी : नेपालले एक असल मित्र गुमायो

न्यूज अपडेट काठमाडाैं, १६ भदाै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् । लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित […]

Continue Reading

काठमाडाैंमा आज मनाइँदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक विदा

न्यूज अपडेट काठमाडाैं, १६ भदाै काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल […]

Continue Reading

वि.सं.२०७७ भदाै १६ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १६ भदाै वि.सं.२०७७ साल भाद्र १६ गते मंगलबार ई.सं.२०२० सेप्टेम्बर – १, शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-चतुर्दशी , ०८:५३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-धनिष्ठा ,१६:५९ बजे उप्रान्त शतभिषा,योग-अतिगण्ड , १४:३३ बजे उप्रान्त सुकर्मा,करण-वणिज ०८:५३ बजेदेखि भद्रा , २१:१२ बजे उप्रान्त कौलव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-उत्पात,सूर्योदय-५:४३,सूर्यास्त। मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) […]

Continue Reading