ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

पछिल्ले केही दिनमा सुनको मूल्य विस्तारै उकालो चढ्दै आएको छ । आज (मंगलबार) भने नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको हो । अघिल्लो दिन ९७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सयले बृद्धि भएर ९८ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको थियो । सोमबार पनि सुनको मूल्य प्रतितोला ३ सयले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *