थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १४ भदाै पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  २० हजार ८ सय २२ जना संक्रमित  उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ […]

Continue Reading

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १४ भदाै आइतबार काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३७२, ललितपुरमा १२  र भक्तपुरमा ४५  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार  ४ सय २६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

Continue Reading

नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

न्यूज अपडेट काठमाडाैं, १४ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ। आइबार […]

Continue Reading

भारतमा एकैदिनमा अहिलेसम्मकै अत्यधिक करिब ७९ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमित

न्यूज अपडेट एजेन्सी, १४ भदाै भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ । मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क […]

Continue Reading

संक्रमित बढ्याे भक्तपुर नगरमा

न्यूज अपडेट भक्तपुर, १४ भदाै शनिबार भक्तपुर नगरपालिकामा थप केही कोभिड–१९ का संक्रमित फेला परेका छन् । भक्तपुर नगरपालिकाले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ६ मा दुई जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । ५४ वर्ष र ३० वर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये ३० वर्षका पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा […]

Continue Reading

सिटी बसपार्क सञ्चालन नहुँदै भत्कियो

न्यूज अपडेट सुर्खेत, १४ भदौ वीरेन्द्रनगर सिटी बसपार्क सञ्चालन नहुँदै भत्किएको छ । २०७३ सालदेखि निर्माण शुरु गरिएको सिटी बसपार्क सञ्चालनमा नआउँदै बसपार्कभित्रको कालोपत्रे भत्किन थालेको हो । कालोपत्रे (पीच) उप्किएर दुबो नै उम्रिएको छ । ‘बसपार्क सञ्चालन हुनु त टाढाको कुरा भयो । कालोपत्रेभन्दा माथि दुबो उम्रिएको छ,’ स्थानीय उपभोक्ता हिम्मत शाहीले भने, ‘ठाउँठाउँमा […]

Continue Reading

कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

न्यूज अपडेट एजेन्सी, १४ भदाै आर्सनलले प्रिमियर लिगको नयाँ सिजन शुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले […]

Continue Reading

 वि.सं.२०७७ भदाै १४ गते आइतबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १४ भदाै वि.सं.२०७७ साल भाद्र १४ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी,०८ घडी ०१ पला,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तरषाढा,२४ घडी ०८ पला,दिउसो ०३ बजेर […]

Continue Reading

बाराही स्थानमा थप पाँच जनामा कोभिड–१९ संक्रमण

न्यूज अपडेट भक्तपुर, १३ भदौ भक्तपुर जिल्लामा शनिबार १५ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ३ बाराहीस्थानमा ५ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सो स्थानका ५९ वर्षका पुरुष, ३४ वर्षका पुरुष, ३२ वर्षका पुरुष, ५४ वर्षकी महिला र […]

Continue Reading

सांँढे २ करोडको लगानीमा चितवनमा दुग्ध उद्योग स्थापना

न्यूज अपडेट चितवन, १३ भदौ भरतपुर महानगरपालिका वडा नम्बर १६, स्थित ठूलोगढीमा साढे २ करोड लगानीमा दुग्ध उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । दूध उत्पादनको खपत बढाउन र दूधमा विविधीकरण गर्ने उद्देश्यले ढकाल दुग्ध उद्योगको स्थापना गरिएको हो । कम्पनीका प्रबन्ध निर्देशक सुमन ढकालका अनुसार परिवारको एकल लगानीमा दुग्ध उद्योग स्थापना गरिएको हो । […]

Continue Reading