Monday, May 20, 2024

संक्रमित बढ्याे भक्तपुर नगरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १४ भदाै

शनिबार भक्तपुर नगरपालिकामा थप केही कोभिड–१९ का संक्रमित फेला परेका छन् । भक्तपुर नगरपालिकाले दिएको जानकारीअनुसार भक्तपुर नपा वडा नं ६ मा दुई जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । ५४ वर्ष र ३० वर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये ३० वर्षका पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा पठाइएको छ । उनलाई केही दिनअघिदेखि टाउको दुखेको बताइएको छ । ५४ वर्षका पुरुष होम आइसोलेसनमा छन् । त्यस्तै भक्तपुर नपा वडा नं २ का एक जना ३२ वर्षका एक जना पुरुषमा कोभिड–१९ पुष्टि भएको छ ।
भक्तपुर नपा वडा नं १ दुघपाटीमा ७८ वर्ष र ४० वर्षका दुई जना पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
भक्तपुर नपा वडा नं १० पाइपलाइनमा एक जना ४९ वर्षका पुरुषमा कोभिड–१९ पुष्टि भए पछि उनलाई पनि भक्तपुर अस्पतालको आइसोलेसनमा पठाइएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *