डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौं, १० असोज
नेपालमा डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै ३२ जनाको मृत्यु भएको हो।  मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित  भएका छन्।

सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ। नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *