सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता : प्रमुख सुनिल प्रजापति

खेलकूद समाचार स्वास्थ्य
भक्तपुर, ४ चैत
नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर वडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरस्कार वितरण शनिबार सम्पन्न भएको छ ।
भक्तपुर नपा वडा नं. १ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता भएको औंल्याए ।
अनुशासनले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै उनले भक्तपुर नगरपालिकाले अनुशासित, स्वस्थ, सभ्य र सक्षम नागरिक तयार गर्ने उद्देश्य रहेको बताए ।
भक्तपुर नगरपालिकाले स्थानीय र मौलिक खेललाई प्राथमिकतामा राखेको  बताउदै खेलकुद प्रशिक्षण र प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताहरु आयोजना गरिरहेको बताए । भक्तपुर नगरका दशवटै वडामा वडा खेलकुद समिति गठन गरी विभिन्न खेलकुद गतिविधिहरुलाई वडा तहमा व्यापक बनाएको उनले बताए ।
आज भएको खेलमा भक्तपुर नपा ५ वडा खेलुकद समितिका जीवन कवां र राजेश खाइतु प्रथम, ४ वडा खेलकुद समितिका रबिन घेमोसु र श्यामसुन्दर ख्याजु द्वितीय, ३ वडा खेलकुद समितिका लक्ष्मीनारायण सुवाल, आनन्द हाडा र २ वडा खेलकुद समितिका रबिन लघु र राजु बासुकलाले तृतीय स्थान हासिल गर्नुभएको थियो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथि सुनिल प्रजापतिले मेडल, ट्रफी र प्रशंसा वितरण गरेको थियो । साथै उनले खेलका एमपायर र रेफ्रिलाई पनि प्रशंसा पत्र दिएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ट्रफी संयोजकहरुलाई मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *